समाचारशुक्रबार, माघ ९, २०७१
संविधानसभाको बैठक शुरु हुन सकेन
संविधानसभाको ९ माघ दिउँसो १ बजेका लागि तय गरिएको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।
बैठकमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउनका लागि प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ५ माघदेखि उक्त प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।
८ माघमा दलहरुकै विवादका कारण संविधान जारी हुन नसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारमा रहेका दल र विपक्षी दलले आन्तरिक छलफलसमेत गरेका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा नेताहरुसँग परामर्श गर्दैछन् ।
