समाचारशुक्रबार, माघ ९, २०७१

‘प्रस्ताव फिर्ता नलिने, वार्तामा पनि नबस्ने’

हिमालखबर

कांग्रेस, एमालेलगायतका १० दलले प्रश्नावली समिति बनाउने प्रस्ताव फिर्ता नलिने निर्णय गरेको छ ।

९ माघ बसेको बैठकले एमाओवादी मोर्चाले अवरुद्ध संविधानसभाको गतिरोध नखोलेसम्म वार्तामा पनि नबस्ने निर्णय गरेको हो ।

एमालेका केन्द्रिय सदस्य पार्वत गुरुङका अनुसार संविधानसभा नियमावली अनुसार अघि बढेको प्रक्रिया नरोक्ने निर्णय भएको छ । कांग्रेस एमालेले नियम ९१ अनुसार प्रश्नावली समिति बनाउने प्रस्ताव राख्ने तयारी गरेकाे छ भने एमाअाेवादी राेक्न लागेकाे छ ।

एमाअाेवादी माेर्चा बाहेक ७५ प्रतिशत सभासद्हरु प्रकृया अघि बढाउनुपर्ने प्रस्तावकाे पक्षमा छ ।

यसअघि, मोर्चाले पनि कांग्रेस एमालेले प्रश्नावली समिति बनाउने प्रस्ताव फिर्ता नलिएसम्म अवरुद्ध संविधानसभा नखोल्ने निर्णय गरेको छ । ५ माघदेखि एमाओवादी मोर्चाले संविधानसभा अवरुद्ध गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>