समाचारशुक्रबार, माघ ९, २०७१
संविधानसभामा नाराबाजी शुरु(अपडेट)
निर्धारित समय भन्दा तीन घण्टा ढिलो शुरु भएको संविधानसभा बैठक एमाओवादी मोर्चाले अवरुद्ध गरेको छ ।
बैठक शुरु हुनासाथ मोर्चाका सभासद्हरुले नाराबाजी थालेपछि बैठक अवरुद्ध भएको छ । बैठकमा कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ प्रश्नावली समितिकाे प्रस्ताव गर्न जान लाग्दा माेर्चाका सभासद्हरुले पक्रेर बसालेका थिए । तर, सत्ता पक्षका सभासद्हरुले कराएपछि माेर्चाका सभासद्हरुले छाेडिदिएका थिए ।
८ माघ रात ११:३० बजेसम्म मोर्चाका सभासद्हरुले संविधानसभा बैठक अवरुद्ध गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले ९ माघ दिउँसो १ बजे बोलाएका थिए ।
तर, दलहरु आन्तरिक छलफलमा जुटेपछि बैठक ढिलोगरी शुरु भएको थियो । प्रश्नावली समिति गठनकाे प्रस्ताव फिर्ता नलिएसम्म बैठक अवरुद्ध गर्ने निर्णय एमाओवादी मोर्चाले गरेको छ भने सत्तारुढ दलले अवरुद्ध संविधानसभा नखुलाएसम्म वार्तामै नबस्ने निर्णय गरेको छ ।
