समाचारबिहीबार, कार्तिक २, २०६९

हिमाल सिमेन्टमा माओवादीको कब्जा

हिमालखबर

कारखानका सामानहरु कौडीको दाममा बेच्न लागेको भन्दै कब्जा गरिएको नेकपा–माओवादी सम्बद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष रामदीप आचार्यले जनाएका छन् ।

राज्यको सम्पत्ति सरकारले संरक्षण गर्नुपर्छ भनेर दवाबका लागि कब्जा गरिएको आचार्यले बताए । आवश्यक परेमा पार्टीको युवा दस्ताको क्याम्पसमेत खडा गर्ने उनले चेतावनी पनि दिए । महासंघले उद्योग पुनःसञ्चालन हुनुपर्ने र मजदुरलाई रोजगारी दिनुपर्ने माग गरेको छ ।

केही दिनअघि मात्रै सरकारले बन्द रहेको उक्त सिमेन्ट कारखानालाई बेचेर त्यस स्थानमा ठूलो प्रदर्शनीस्थल निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>