समाचारशुक्रबार, माघ ९, २०७१

डिभिजन टु क्रिकेटः लक्ष्य पछ्याउँदै केन्या

हिमालखबर

आईसीसी विश्व क्रिकेट लिग डिभिजन वानमा पुग्नका लागि निर्णायक खेल खेलिरहेको नेपालले केन्याको सामना गरिरहेको छ । ९ माघमा नेपालले दिएको १९५ रनको लक्ष्य भेट्टाउन केन्याले ब्याटिङ गरिरहेको छ ।

नेपालले शुरुवातमै केन्याको दुई विकेट झारेको छ ।

—————————————————-

नेपालद्वारा केन्यासामु १९५ रनको लक्ष्य प्रस्तुत

 

नेपालद्वारा केन्यासामु १९५ रनको लक्ष्य प्रस्तुतआईसीसी विश्व क्रिकेट लिग डिभिजन वानमा पुग्नका लागि निर्णायक खेल खेलिरहेको नेपालले केन्यालाई १९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनायो ।

ज्ञानेन्द्र मल्लले ७ चौकाको मद्दतमा नटआउट ९१ रनको योगदान गरे । पाचौं नम्बरमा आएका उनले नेपाली ब्याटिङ सुधारेका थिए ।

कप्तान पारस खड्काले २०, शरद भेष्वाकरले १८, विनोद भण्डारीले १६, सागर पुनले ४ रन जोडे ।

शक्ति गौचन ८, सोमपाल कामी ४ र सुवास खकुरेल २ रनमा आउट भए । नरेश बुढाऐर र करण केसीले रन नै जोड्न पाएनन् ।

नेट रनरेटका आधारमा प्रतियोगितामा दोस्रो स्थानमा रहे पनि डिभिजन वानमा पुग्ने संभावना गणितीय आधारमा अन्य टीमको कायमै रहेकाले नेपाललाई आज जित्नुपर्ने दबाब छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>