समाचारशुक्रबार, माघ ९, २०७१

सम्वाद समितिको सभापति एमाओवादी बनाउनु गल्तीः सत्तारुढ दल

हिमालखबर

twoनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बनाउनु गल्ती भएको बताएका छन् ।

सत्तारुढ दलको तर्फबाट पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले सहमतिको संविधान ल्याउन भन्दै एमाओवादीलाई सभापति बनाउनु कांग्रेस र एमालेको गल्ती भएको बताए । उनले भने, ‘‘सभापति माओवादीलाई दिएर गल्ती गरियो, जनतासँग माफी माग्छौं ।’’

ओलीले संविधान विरोधीसँग एमाओवादीले मोर्चाबन्दी गरेकाले ८ माघमा संविधान आउन नसकेको बताए । कुनै हालतमा संविधान आउन नदिने भनेर कसम खाएका तत्वहरुसँग मोर्चाबन्दी गर्ने एमाओवादीको कारण संविधान आउन नसकेको ओलीको भनाई छ ।

उनले दुई तिहाई मत संविधान ल्याउने पक्षमा भएकाले यो संविधानसभाबाट संविधान जारी गरेरै छाड्ने बताए ।

प्रक्रिया अघि बढ्छ

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अवरोधको श्रृङ्खला ११ माघमा टुंगिने बताए । उनले भने, ‘‘आज अन्तिम अवरोध हो, आइतवारबाट सहमति नभएपनि प्रक्रिया अघि बढ्छ ।’’

पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति नजुटेपनि ११ माघको बैठकबाट संविधान निर्माण प्रक्रिया अघि बढ्ने आश्वासन दिएको बताए । उनले भने, ‘‘सभाध्यक्षको निर्णय स्वीकार्छाै, तर संविधानसभालाई बन्धक बन्न दिदैनौं प्रक्रिया अघि बढ्नुपर्छ ।’’

उनले प्रक्रिया अघि बढाउँदै गएपछि मोर्चासँग वार्ता हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>