समाचारबिहीबार, कार्तिक २, २०६९

पुनःस्थापना दिवास्वप्न मात्रैः नेता नेपाल

हिमालखबर

नेकपा एमाले उपत्यका समन्वय कमिटीले २ कार्तिकमा आयोजना गरेको दशैं कार्यक्रममा नेपालले  जस्तो सहमति गरे पनि संविधान सभाको पुनःस्थापना भने दिवास्वप्न मात्रै हुने बताए ।

संविधान सभाको पुनःस्थापना आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले चेतावनी दिए, “अँध्यारो कोठामा गरिएका सहमति हामी सफल हुन दिनेछैनौं ।”

नेता नेपालले वर्तमान सरकारलाई कुनै पनि हिसाबले टिकाउने पक्षमा आफ्नो पार्टी नभएको भन्दै संविधान निर्माणको कामलाई एनेकपा माओवादीले अलमल्याउन खोजेको आरोप लगाए ।

उनले एनेकपा माओवादीको संघीयता सम्बन्धी मान्यता पूर्णरुपमा गलत रहेको भन्दै त्यस्तो संघीयताले मुलुक टुक्राउन सक्ने धारणा व्यक्त गरे । नेता नेपालले जातीय सद्भाव बढाउन, सबै जनजातिको पहिचान, अधिकार, पहुँच र प्रतिनिधित्व निर्वाध रूपमा हुनुपर्ने पक्षमा एमाले रहेको पनि बताए ।

१ कार्तिकमा बसेको नेपाली कांग्रेस र एमालेको संयुक्त बैठकले एमाओवादीसँग वार्ताको औचित्य नरहेको निष्कर्ष निकालेको थियो । तर, त्यसको भोलीपल्टे एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल र प्रधानमन्त्री बाबुराम भट्टराइले कांग्रेस सभापति सुशील कोइरालालाई भेटी  संविधानसभाको पुनःस्थापनाका बारेमा  छलफल गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>