समाचारशनिबार, माघ १०, २०७१

दाहाल र थापाबीच भेटवार्ता

हिमालखबर

dahal_thapaएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाबीच भेटवार्ता भएको छ ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा संविधानसभामा भएको अवरोध, दलहरुबीच रहेको अविश्वासको अवस्था र ८ माघमा संविधान जारी हुन नसक्नाको कारणलगायतका विषयमा कुराकानी भएको थियो ।

दलहरुबीच रहेको अविश्वासकै कारण ५ माघ राति संविधानसभामा द्वन्द्व भएको र त्यसको पछाडि सबै राजनीतिक दलको भूमिका रहेको भन्दै अब नयाँ कार्यतालिका तय गरेर संविधान निर्माणका लागि अगाडि बढ्नुपर्ने अध्यक्ष दाहालको भनाघ रहेको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री थापाले द्वन्द्व बढाएर होइन, प्रमुख दलहरुबीच आपसी विश्वासको वातावरण बनाएर नयाँ कार्यतालिका तय गर्दै अगाडि बढ्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>