समाचारशनिबार, माघ १०, २०७१

अख्तियारकै अधिकृत घुस लिएको आरोपमा पक्राउ

हिमालखबर

Akhtiyar-pic5-300x1991अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमै कार्यरत एक कानून अधिकृतलाई डेढलाख रुपैयाँ घुस लिएको आरोपमा रकमसहित धनकुटाबाट पक्राउ गरेको छ ।

सरकारी वनको जग्गा ब्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुद्दा खेपिरहेका शाखा अधिकृत भक्त भट्टराईले दिएको १ लाख ५० हजार घुस रकम सहित अख्तिायरका कानून अधिकृत खिमानन्द ज्ञावली पक्राउ परेका हुन् ।

अख्तियार केन्द्रीय कार्यालयबाट खटिएको टोलीले ज्ञावलीलाई क्षेत्रीय कार्यालय धनकुटाको क्वार्टरबाट १० माघ विहान पक्राउ गरेको अनुसन्धान अधिकृत एवं प्रहरी निरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।

भक्त भट्राईले दिएको निवेदनको आधारमा एक हप्तादेखि धनकुटा आएको अनुसन्धान टोलीले भान्छा कोठामा रातो झोलामा लुकाएर राखेको हजार दरको सय वटा र पाँचसय दरको एकसय वटा नोट बरामद गरेको हो ।

पैसा दिनको लागि भट्टराईले ज्ञावलीलाई धनकुटाको भीमसेनस्थानको एक होटलमा बोलाएका थिए । होटलमा नआउने भनेपछि क्वाटरमै पैसा दिएर भट्टराई निस्केपछि अनुसन्धान ब्युरोको टोलीले छापा मार्दा नगद फेला पारेको थियो ।

पक्राउ परेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ज्ञावलीले सापटी दिएको पैसा फिर्ता माग्दा भट्टराईले फसाएको दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>