समाचारशनिबार, माघ १०, २०७१

बेग्लाबेग्लै सवारी दुर्घटनामा प्रनानिसहित तीनको मुत्यु

हिमालखबर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी, लौकही सडकमा भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

कोसी ब्यारेजबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ५१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को १ त ५२२६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टरका सहचालक स्थानीय ३५ वर्षीय बच्चु खत्वेको ट्रकमा च्यापिएर मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेको दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको छ ।
उता रामधुनी नगरपालिकाको भासी क्षेत्रको राजमार्ग क्षेत्रमा मोटरसाइकल र ट्रक एकापसमा जुध्दा प्रहरी नायब निरीक्षक चोलेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालया पकलीले जानकारी दिएको छ ।

ना ५ ख ५६७८ नम्बरको ट्रक र को १५ प ३००८ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा इलाका प्रहरी कार्यालय पकलीमा दरबन्दी रहेका प्रनानि अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते
मोरङमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–शनिश्चरे–३ मा मोटरसाइकल दुर्घटनामा परी मोरङको बेलबारी–३ बस्ने ३५ वर्षीय छत्रबहादुर गुरुङको उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज५प ४७६३ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको को३प ८६०४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।

सो दुर्घटनामा छत्रबहादुर गुरुङ, उनकी श्रीमती २२ वर्षीया रेणुका र चार वर्षीया छोरा र अर्को मोटरसाइकलमा सवार महोत्तरी जिल्लाको गोगनपुर बस्ने ३५ वर्षीय रामकृपा महतो र १७ वर्षीय प्रबन्ध चौधरी घाइते भएका थिए ।

पाँचै जना घाइतेलाई पथरी अस्पतालमा भर्ना गरिएकामा छत्र गुरुङको मृत्यु भएको छ र गम्भीर अवस्थाका चौधरीलाई विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>