समाचारआइतबार, माघ ११, २०७१

सभाध्यक्षले नै समितिको प्रस्ताव गर्ने

हिमालखबर

एमाओवादीसहितका मोर्चाले निरन्तर बैठक अवरोध गर्दै आएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले नै समिति गठनको प्रस्ताव गर्ने भएका छन् । ११ माघमा बस्ने संविधानसभाको ९३औं बैठकको कार्यसूचीमा सभाध्यक्ष आफैले समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरिने उल्लेख छ ।

यसअघिको कार्यसूचीमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समिति गठनको प्रस्ताव गर्ने र एमाले संसदीय दलका प्रमुख सचेतक अग्नी खरेलले समर्थन जनाउने उल्लेख थियो । काँग्रेस र एमालेले आफूहरूसँग सहमति नलिई समिति गठनको प्रस्ताव गर्न लागेको भन्दै एमाओवादी सहितको मोर्चा संविधानसभामा तोडफोडमा उत्रेको थियो ।

सभाध्यक्षले नै समितिको प्रस्ताव गर्ने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>