समाचारआइतबार, माघ ११, २०७१

सत्तारुढ दलहरु र सभाध्यक्षसँग वार्ता गर्दैनौंः एमाओवादी मोर्चा

हिमालखबर

एमाओवादी नेतृत्वको मोर्चाले सहमतिका लागि राजनीतिक वातावरण तयार नभएसम्म सत्तारुढ दलहरु र संविधानसभा अध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको छ । संविधानसभामा सभाध्यक्ष सुवास नेम्बाङले प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि चिढिएको मोर्चाले वार्ता नगर्ने निर्णय गरेको हो ।

११ माघमा बसेको एमाओवादी नेतृत्वको मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा शुरु भएको बहुमतीय प्रक्रियामा सहभागी नहुने स्पष्ट पारे । सत्तारुढ दलहरु र सभाध्यक्षले आफ्नो ‘कदम नसच्याए’ सम्म वार्ता पनि नगर्ने निर्णय गरेको बताए ।

एनले बहुमतीय प्रक्रियामा जाने कदमको विरोध गरे पनि संविधानसभा भने नछाड्ने बताए । उनले सभाध्यक्षविरुद्ध प्रतिकात्मक सभा गर्ने, उनी सहभागी अन्य कार्यक्रमहरु कालो झण्डा देखाउने लगायतका विरोधका कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।

मोर्चाको १२ माघमा बस्ने बैठकले थप कार्यक्रमहरु तय गर्ने पनि उनको भनाइ छ । संविधानसभाले गठन गरेको प्रस्ताव निर्माण समितिले देशलाई द्वन्द्व र मुठभेड निम्त्याएको मोर्चाको ठहर छ ।

सत्तारुढ दलहरु र सभाध्यक्षसँग वार्ता गर्दैनौंः एमाओवादी मोर्चा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>