समाचारआइतबार, माघ ११, २०७१
संविधान निर्माणको बाटो खुल्यो: देउवा
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अब संविधान निर्माणको बाटो खुलेको बताएका छन् ।
संविधानसभा बैठकबाट बाहिरिने क्रममा नेता देउवाले संविधानसभा अध्यक्षको कदमको स्वागत गर्दै विपक्षी दलहरुलाई पनि धन्यवाद दिए । भने, “म विपक्षीलाई यसमा शान्तिपूर्ण ढंगले सहयोग गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु, अब संविधान निर्माणको ढोका खुलेको छ।”
उनले संविधान निर्माणमा सहयोगी भूमिका खेल्न एमाओवादी, मधेशकेन्द्रित लगायतका दलहरुलाई आग्रह गरेका छन् ।
