समाचारसोमबार, माघ १२, २०७१
सडक आन्दोलनमा जाने एमाओवादी मोर्चाको निर्णय
एमाओवादी नेतृत्वको मोर्चाले प्रक्रियाबाट संविधान निर्माण गर्ने सत्तारुढ दलको निर्णयविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको छ ।
१२ माघमा सिंहदरबारमा बसेको एमाओवादी र मधेशकेन्द्रित दलहरु संलग्न मोर्चाको बैठकले ११ माघको संबिधानसभा बैठकबाट ‘प्रस्ताव समिति’ गठनको प्रस्ताव पारित भएको विरोधमा सडक आन्दोलनमा जाने निर्णय गरेको हो ।
आन्दोलनमा जाने भनिए पनि त्यसको प्रारुपबारे संबिधानसभा बाहिर रहेका नेकपा-माओवादीलगायतका दलसँग आजै साँझ सल्लाह गरेर तय गरिने मोर्चाका नेताहरुले बताएका छन् ।
बैठकको निर्णय सार्वजनिक गर्दै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाई बहुमतबाट संबिधान निर्माणको प्रक्रिया थालेर सत्तारुढ दलले यसअघिका सहमति तोडेको आरोप लगाए ।
११ माघ साँझै विपक्षी दलहरुले सभाध्यक्ष नेम्वाङविरुद्ध प्रतिकात्मक विरोधका कार्यक्रम गरेका थिए ।
