समाचारसोमबार, माघ १२, २०७१
सभाध्यक्षले प्रस्ताव समितिको बैठक बोलाए
संविधानसभाद्वारा गठित प्रस्ताव निर्माण समितिको पहिलो बैठक १७ माघमा बस्ने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले १७ माघमा प्रस्ताव समितिको बैठक बोलाएका हुन् ।
एमाओवादी सहितको मोर्चाको अवरोधकाबीच ११ माघमा संविधानसभाले प्रस्ताव समिति गठन गरेको थियो । समितिको पहिलो बैठक १७ माघ दिउँसो एक बजेका लागि बोलाइएको हो ।
प्रस्ताव समिति ७३ सदस्यीय भए पनि एमाओवादीसहितको मोर्चा सहभागी नभएकाले ४९ सदस्यीय मात्र छ । १७ माघसम्म मोर्चाले नाम नदिए ४९ सदस्यको मात्र बैठक बस्नेछ ।
