समाचारबुधबार, माघ १४, २०७१

सरकार परिवर्तन बारे एमालेले सोचेकोसम्म छैन: खनाल

हिमालखबर

Jhalanath-Khanalनेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानालले संविधान नबन्दासम्म सरकार परिवर्तनबारे कुनै कुरा नहुने स्पष्ट पारेका छन् ।

१४ माघमा डल्लुस्थित आफ्नै निवसमा रिपोटर्स क्लबको ज्ञापनपत्र बुझ्दै खनालले भने, “एमालेले सरकारका विषयमा सोचेको छैन, अहिले हामीले सत्ता देखेका पनि छैनौँ, संविधान मात्र देखेका छौँ ।”

नेता खनालले संविधानसभाले आगाडि बढाएको संविधान लेखनको प्रक्रिया कुनै पनि शर्तमा नरोकिने बताए ।

प्रक्रिया रोकिंदैन
उनले भने, “आम जनता संविधान सक्दो चाँडै ल्याउनेको पक्षमा छन्, संविधानसभाले चालेको निर्णय सही छ, कुनै पनि हालतमा यो फिर्ता हुँदैन ।”

खनालले विपक्षीहरु चालु प्रक्रियामा आउनुपर्नेमा जोड दिँदै भने, “विपक्षीहरु यही निर्णयमा आउनुपर्छ, यदि उहाँहरु आउनु भएन भने, उहाँहरुको राजनीतिक औचित्यमाथि नै जनताले प्रश्न उठाउने छन् ।”

उनले विपक्षीहरुले गर्ने भनेको आन्दोलनको कुनै औचित्य नभएको उल्लेख गरे । नेता खनालले भने, “कसैले चाहँदैमा आन्दोलन हुँदैन । यस्तो आन्दोलनमा जनताको साथ सहयोग पनि रहँदैन ।”

नेता खनालले नेपालीहरुको आत्मनिर्णयको अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप नगर्न पनि आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>