समाचारबुधबार, माघ १४, २०७१

एमाओवादीका सभासद्‌ले समिति बैठक बहिस्कार गर्ने

हिमालखबर

एमाओवादीले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ ।

एमाओवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा १४ माघमा बसेको संसदीय दलको बैठकले सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै पनि संसदीय समिति र संविधानसभाका समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।

एमाओवादीले थालेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सबै सभासद् आ–आफ्नो क्षेत्रका जनतामा जाने र संविधानसभामा भएका गतिविधिका बारेमा जनतामा रहेका भ्रम चिर्ने निर्णय भएको एमाओवादी नेता अग्निप्रसाद सापकोटाले बताए ।

बैठकले संविधानसभाका समेत कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गर्दै तत्काल १६ फागुनसम्म काठमाडौँमा हुने जनप्रदर्शनको कार्यक्रम भए पनि सरकारी रबैया हेरेर थप आन्दोलन घोषणा गर्ने भनेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>