समाचारबुधबार, माघ १४, २०७१

संविधानसभाभित्रको विवाद ‘चियाकपको तूफान’: वैद्य

हिमालखबर

baidya1नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र दलहरूबीच देखिएको विवादलाई ‘चियाको कपभित्र आएको तूफान’ भनेका छन् ।

माओवादीले १४ माघमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलनको सार र अर्थ अझै स्पष्ट नभएकाले त्यसको धार प्रष्ट हुन नसकेको धारणा राखे ।

८ माघमा संविधान आउन नसकेपछि संविधानसभाको औचित्य थप कमजोर भएको जिकिर गर्दै उनले अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिकसभामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलले अङ्कको आधारमा आफूहरूलाई आत्मसमर्पण गराएर संविधान ल्याउने प्रयास गरेको बताउँदै त्यो घातकसिद्ध हुने टिप्पणी गरे ।

राष्ट्रवादी मञ्चका संयोजक राजेश्वर देवकोटाले नेतृत्व र सिद्दान्त स्पष्ट नहुँदा संविधान आउन नसकेको बताउँदै नेपालमा जातीय संविधान उपयुक्त नभएको धारणा राखे ।

जनजाति आन्दोलनका अगुवा मल्ल के सुन्दरले उत्पीडन जाति, समुदायलाई अन्तरिम संविधानमा दिइएका हक, अधिकारसमेत कुण्ठित हुने गरी संविधान ल्याउने प्रयास भइरहेको आरोप लगाएका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>