समाचारबिहीबार, माघ १५, २०७१

घुस लिँदालिँदै सवइन्जिनियर पक्राउ

हिमालखबर

CIAA2अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले जिविस पाल्पाका सवइन्जिनियर इदराज घिमिरेलाई घुस लिंदालिंदै पक्राउ गरेको छ ।

पाल्पाको दोभान गाविसको झोलुङ्गे पुल मर्मतका लागि आएको बजेट मध्येको रु ५० हजार घुस लिंदै गर्दा घिमिरेलाई आयोग सम्पर्क कार्यालय बुटवलले स्थानीय सुजाता होटलबाट नियन्त्रणमा लिएको हो ।

आयोगको सम्पर्क कार्यालय बुटवलका डिएसपी तुलबहादुर कार्कीका अनुसार घिमिरेलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>