समाचारबिहीबार, माघ १५, २०७१

संविधानसभा अपहरण भएको भट्टराईको दाबी

हिमालखबर

baburamएमाओवादी नेता बाबुराम भट्टराईले संविधान निर्माणको प्रक्रिया शुरु भएसँगै संविधानसभा अपहरण भएको दाबी गरेका छन् ।

उनले सभाध्यक्षले बलजफ्ती प्रक्रियामा लगेपछि संविधानसभा ‘प्रतिगामी’को हातमा पुगेको आरोप लगाए । भट्टराईले उनका अनुसार प्रतिगामीको हातमा पुगेको संविधानसभा सजिलै खोसेर ल्याउने सम्भावना अत्यन्तै कम रहेको बताए ।

१५ माघमा संविधान निर्माणका लागि दबाब दिन रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र लिंदै उनले भने, ‘संविधानसभा ११ माघमा अपहरण गरेर प्रतिगामी शक्तिको हातमा छ, जनताको हातबाट यथास्थितिवादीहरुको हातमा पुगेको छ, हिजोसम्म अग्रगामीहरुको हातमा थियो, आज प्रतिगामीहरुको हातमा पुगेको छ ।”

उनले थपे ,‘‘जनताको हातमा संविधानसभा ल्याउने म झिनो आशा मात्रै देख्छु, त्यसका निम्ति एउटा ठूलै संघर्षको आवश्यकता छ ।” ‘यथास्थितिवादी’ को हातबाट संविधानसभालाई फिर्ता ल्याउन नसके मुलुकको राजनीति वेग्लै कोर्समा पुग्ने भट्टराईको दाबी छ ।

सत्तारुढ दलहरु बहुमतीय प्रक्रियामा प्रवेश गरिसकेकाले दुई तिहाई संख्याका आधारमा संविधान जारी गर्नेगरी शुरु भएको प्रक्रिया नउल्ट्याएसम्म वार्ता नहुने बताए । उनले भने, “माघ ११ गते सभाध्यक्षमार्फत उहाँहरु जसरी बलमिच्याईं गरेर जानुभयो, बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि वार्ताको कुनै अर्थ छैन, नजिकै पुगेको समझदारीलाई तोडेर प्रक्रियामा जाने निर्णय गरे त्यसैले अब प्रक्रियालाई रोकेर नउल्ट्याएसम्म सार्थक वार्ता हुन्छ जस्तो मलाई लाग्दैन ।”

उनले ‘सार्थक सहमति’ नभएसम्म १६ फागुनसम्म संसद र संविधानसभा अन्तर्गतका समिति का बैठकमा नजाने निर्णय गरिएको बताए । उनले समितिका बैठकहरुमा नजाने निर्णय भए पनि संविधानसभा छोड्ने भने कुनै नीति नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>