समाचारबिहीबार, माघ १५, २०७१

वार्ता र प्रक्रिया सँगै अघि बढाउने एमाले निर्णय

हिमालखबर

CPN-UML-Flagनेकपा एमालेले एमाओवादीलगायतका दलहरुसँग वार्ता र संविधान लेखन प्रक्रियालाई सँगसँगै लैजाने निर्णय गरेको छ ।
१५ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले सहमतिका लागि लामो समय प्रयास गर्दा पनि सहमति हुन नसकेकाले प्रक्रिया शुरु गरिएको तर,  सहमतिको सम्भावना भने अझै बाँकी रहेको निष्कर्ष निकालेको छ ।
“दलहरुबीचको सहमतिमै संविधान निर्माण गर्न सकिने सम्भावना अझै पनि कायमै रहेकाले एमाओवादी, मधेशी मोर्चा लगायतका दलहरुसँग वार्ताको पहल गर्दै संविधान लेखनको प्रक्रिया पनि अगाडि बढाउने निर्णय भएको छ,” एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>