समाचारबिहीबार, माघ १५, २०७१

भारत लैजाँदै गरिएका २४ बालकको उद्धार

हिमालखबर

झापाबाट उद्धार गरिएका सिन्धुपाल्चोकका बालबालिका । तस्वीर: गोपाल गड्तौला

झापाबाट उद्धार गरिएका सिन्धुपाल्चोकका बालबालिका । तस्वीर: गोपाल गड्तौला

झापाको काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गरिएका २४ बालकको नेपाल प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।

सिन्धुपाल्चोकको मोताङ ८ का ५ देखि १६ वर्ष उमेर समूहका २४ जना तामाङ समुदायका बालबालिकालाई सीमा पार गरिरहेको अवस्थामा १५ माघ बिहान ५ बजे उद्धार गरिएको मााइती नेपाल काँकडभिट्टाका प्रमुख गोबिन्द घिमिरेले बताए ।

भारतको बैंगलोरस्थित एक गुम्बामा पढाउन भनी लग्दै गरिएका २४ बालक र उनीहरुसँगै रहेका ४० बर्षीय फुतेन तेन्जिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइती नेपालले ति बालकहरुका अभिभावकसँग सम्पर्क गरी जिम्मा लगाउने जनाएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>