समाचारशुक्रबार, कार्तिक ३, २०६९

माइतीघरदेखि भद्रकालीसम्म नयाँ बाटो खुल्यो

हिमालखबर

१३ कार्तिकबाट सञ्चालित नयाँ बाटो । तस्बीरः रासस

नेपाली सेनाको हेडक्वार्टरको पूर्व र स्वास्थ्यमन्त्रालयको पश्चिम हुँदै भद्रकाली निक्लने उक्त सडक नेपाली सेनाले रु एक करोड २५ लाखको लागतमा तयार पारेको हो । सेनाको मुख्यालय बीचोबीच हुँदै जाने यसकै समानान्तरको पहिलेको अर्को सडक सुरक्षाका दृष्टिकोणले सेनाले र्सवसाधारणका लागि बन्द गरेपछि यो सडक निर्माण गरिएको हो ।

यो बाटो खुल्ला गरिएपछि सिंहदरबार क्षेत्रमा यातायात सञ्चालनमा सहजता आउने छ ।

५५० मिटर लामो र १० मिटर चौडा सो बाटो १४ मिटरसम्म स्तरोन्नती गरी चार लेनको बनाइने भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए । दुइ मिटरको सडक पेटीसहित चार लेनको बाटोका लागि रु आठ करोड सात लाख लाग्ने बताइएको छ । यसमध्ये दूरसञ्चार प्राधिकरणले रु एक करोड ५५ लाख र बाँकी रकम सडक विभागले ब्यहोर्ने भएको छ ।

सचिव सिटौलाले यसका लागि बोलपत्र आहृवान भइसकेको र आगामी ६ महिनाभित्र स्तरोन्नति भइसक्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>