समाचारबिहीबार, माघ १५, २०७१

समितिको बैठकमा सहभागी हुन एमाओवादीलाई आग्रह

हिमालखबर

व्यवस्थापिका–संसद्, अर्थ समितिले एमाओवादीका सांसदलाई बैठकमा सहभागिताका लागि आग्रह गरेको छ ।

एमाओवादीको संसदीय दलको १४ माघको बैठकले व्यवस्थापिका–संसद्अन्तर्गतका कुनै पनि समितिमा सहभागी नहुने निर्णय गरेपछि एमाओवादी सम्बद्ध सांसद बैठकमा सहभागी भएका छैनन् ।

समितिका सभापति प्रकाश ज्वालाले समितिको बैठकमा सहभागी हुन एमाओवादीका सभासद्लाई आग्रह गरिएको जानकारी दिँदै भने, ‘‘एमाओवादी संसदीय दलको बैठकद्वारा गरिएको संविधानसभा र व्यवस्थापिका–संसदका बैठक बहिष्कार गर्ने निर्णय दुःखद् रहेको निष्कर्षसहित सो निर्णय फिर्ता लिन एमाओवादीलाई आग्रह गर्दछु ।’’

समितिको १५ माघको बैठकमा सिंहदरबार परिसरमा रहेका पुराना तथा थोत्रा सवारी साधनको व्यवस्थापन गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची राखिएको थियो ।

व्यवस्थापिका–संसद्को प्रतिपक्षी दल सम्बद्ध सांसद नै सहभागी नभएपछि बैठक सञ्चालन गर्न नसकिएको जानकारी दिँदै सभापति ज्वालाले १८ माघको बैठकमा उनीहरु सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

अर्थ समितिका सदस्य एमाओवादीका शक्तिबहादुर बस्नेतले पार्टी संसदीय दलको बैठकले संविधानसभा र व्यवस्थापिका–संसद्को कुनै पनि समितिमा भाग नलिने भन्ने निर्णय गरेका कारण आफूहरु सहभागी नभएको बताए ।

संविधानभाको ११ माघको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली समिति गठन गरेपछि एमाओवादीलगायत दलले विरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>