समाचारशुक्रबार, माघ १६, २०७१
घाइते बालिकाको उपचारको अभावमा मृत्यु
अपरिचित समूहको आक्रमणबाट गम्भीर घाईते भएकी धनकुटाको अर्खौलेजितपुर–६ की ११ बर्षीया बालिका सुजता परियारको मृत्यु भएको छ ।
१२ माघमा राति अपरिचित व्यक्तिको कुटाईबाट घाइते भई अचेत अवस्थामा फेला परेकी सुजता परियारको न्युरो हस्पिटल विराटनगरमा १५ माघ राति मृत्यु भएको हो ।
१३ माघमा गम्भीर अवस्थामा न्युरो हस्पिटल विराटनगर पु¥याएकी बालिकाको उपचार गर्ने क्रममा खर्च अभाव भएपछि अस्पतालले घर फर्काइ दिएको थियो । बालिकाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि १४ माघमा जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो ।
जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि धनकुटा बजारमा चन्दा संकलन गरी बालिकालाई पुनः विराटनगर लगिएकोमा १५ माघ राति मृत्यु भएको बालिकाकी आमा चन्द्रकुमारी परियारले बताइन् ।
मृतक बालिकाको शव कोशी अञ्चल अस्पताल विराटनगरमा गरेपछि अन्त्येष्टि गरिएको छ ।
सन्तोष रुचाल, धनकुटा
