समाचारशुक्रबार, माघ १६, २०७१
चार महिना भित्र नयाँ संविधान: उपप्रधानमन्त्री गौतम
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले लोकतान्त्रिक विधि र प्रक्रियामा बहुमतको उच्च कदर हुनुपर्ने बताएका छन् ।
स्वर्गद्वारी प्युठान दोस्रो महोत्सव–२०७१ को बारेमा जानकारी दिन १६ माघमा आयोजित विशेष कार्यक्रममा उपप्रधानमन्त्री गौतमले प्रक्रियाबाटै आगामी चार महिनाभित्रमा मुलुकले नयाँ संविधान पाउने बताए ।
उनले एमाओवादी र मधेशकेन्द्रित दलले संविधानसभाबाट संविधान जारी गर्न नचाहेको आरोप लगाए ।
आगामी फागुन २ देखि ११ गतेसम्म प्युठान उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा मध्यपश्चिमाञ्चल कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला ‘स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सव’ हुने भएको छ ।
आयोजकका अनुसार उक्त मेला प्युठानको झिमरुक नदी किनार खेलकुद मैदान विजुवारमा हुनेछ ।
