समाचारशुक्रबार, माघ १६, २०७१
चौध डिआइजीको सरुवा (विवरणसहित)
गृहमन्त्रालयले १४ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ ।
१५ माघको गृहमन्त्रीस्तरीय निर्णय अनुसार डिआइजीहरुको सरुवा भएको नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सरुवा हुने डिआइजीहरुमा केशवप्रसाद अधिकारी, नवराज सिलवाल, माधवप्रसाद जोशी, केशबहादुर शाही, रामकुमार खनाल, जयबहादुर चन्द, मनोहरप्रसाद रिमाल, विजयकुमार भट्ट, माधवप्रसाद नेपाल, पंकज श्रेष्ठ, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी र प्रकाश अर्याल छन् ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस
