समाचारशनिबार, माघ १७, २०७१

कांग्रेस–एमालेबीच प्रश्नावली समिति बैठक तयारीबारे छलफल

हिमालखबर

संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलले आज शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सो समितिको कार्यविधि, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताइन् । दुई दलले उक्त समितिका कार्य अघि बढाउने सम्बन्धमा काँग्रेसबाट पूर्णबहादुर खड्का र रमेश लेखक तथा एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल सम्मिलित कार्यदल गठन गरेको थियो ।

गत ११ माघमा एमाअाेवादी माेर्चाका सभासद्को विरोधका बीच संविधानसभाले संविधानका विवादित अन्तर्वस्तुमा प्रश्नावली तय गर्न सो प्रश्नावली समिति गठन गरेको थियो । समितिको पहिलो बैठक आजै १ बजे बस्दैछ । समितिमा एमाओवादी र मधेसकेन्द्रित दलले सहमतिमा संविधान बन्नुपर्ने माग गर्दै आफ्ना नामावली दिएका छैनन् ।

एमाले उपाध्यक्ष भण्डारीले नामावली प्राप्त नभए पनि नेपालको अन्तरिम संविधान, २०६३ को मर्मबमोजिम समितिका कार्य अघि बढ्ने र सहमतिको प्रक्रिया पनि निरन्तर जारी रहने बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>