समाचारशनिबार, माघ १७, २०७१

आन्दोलनमा जाने सकिन्छन्: महेश बस्नेत

हिमालखबर

Mahesh-Basnetउद्योग मन्त्री महेश बस्नेतले एमाअाेवादी माेर्चा आन्दोलनमा गए समाप्त हुने बताएका छन् ।

एमाले सूर्यविनायक नगर कमिटी कार्यालयको उद्घाटन गर्दै उनले विपक्षीले गर्ने आन्दोलन, हड्तालमा अब जनताले साथ नदिने भएकाले द्वन्द्वको सीमालाई विपक्षीले नघटाए उनीहरुको अस्तित्व समाप्त हुने बताए ।

संविधानसभा प्रक्रियामा गइसकेकाले अब ढिलोमा तीन महिनाभित्र संविधान जारी हुने दाबी गर्दै मन्त्री बस्नेतले विपक्षी दलहरु एक मधेश एक प्रदेशको नाममा विदेशीबाट आएको पैसा खाएर मुलुकलाई टुक्रयाउन लागिपरेको आरोप लगाए ।

मुलुकको प्रगति, समृृद्धि र लोकतन्त्रको नेतृत्व एमालेले गरिरहेको चर्चा गर्दै उनले एमालेलाई कमजोर नठान्न विपक्षीलाई आग्रह गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशद्रोही र मुलुकको राष्ट्रियतामाथि आँच पुर्‍याउने विरुद्धमा नेतृत्व गर्दै आएकाले केही व्यक्तिले अध्यक्षको पुत्ला जलाउँदैमा त्यसले कुनै अर्थ नराख्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>