समाचारशुक्रबार, कार्तिक ३, २०६९
लिगलिगे दौड तामाङले जिते
वि.सं. १६०० साल अघि हरेक दशैंमा घले राजा छनौट गर्ने ऐतिहासिक परम्पराको सम्झाना गर्दै पर्यटन प्रर्वद्धनका उद्देश्यले लिगलिग विकास अभियान र कन्सेप्ट नेपालको संयुक्त आयोजनामा विगत तीन बर्षदेखि लिगलिगे दौड प्रतियोगिता हुँदै आएको छ ।
प्रतियोगितामा सहभागी ७५ जनालाई पछि पार्दै रामेछापका तामाङले चेपेघाटबाट पालुङटार हुदै लिगलिगकोट सम्मको कुल १३.५ किलोमिटर दुरी ५८ मिनेट ५८ सेकेण्डमा पार गरे । त्यस्तै दोस्रो र तेस्रो पनि त्रिभुवन आर्मी क्लबकै कल्याण बानिया र होमलाल श्रेष्ठ भएका छन् ।
महिला तर्फको प्रतियोगितामा गिता खत्री पहिलो, रिना कपाली दोस्रो र ङाङ्दी शेर्पा तेस्रो भएका छन् । सात किलोमिटर मात्र दौड भएको बृद्धातर्फ भने धर्म महर्जन पहिलो र महेन्द्र महर्जन दोस्रो भए । महिला तर्फ ६ जना र बृद्धा तर्फ १९ जना सहभागी थिए ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई ५० हजार ५०५ रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार ५१० रुपैयाँ र तृतीय हुनेलाई १० हजार १०१ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै महिला र बृद्धा तर्फको प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेृलाई २ हजार रुपैयाँ प्रदान गरिएकोे लिगलिग विकास अभियानका अध्यक्ष अनिल थापाले जानकारी दिए ।
प्रतियोगिताका अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, बरिष्ठ धावक बैकुण्ठ मानन्धरलगायतको समेत सहभागिता थियो । युवराज श्रेष्ठ, लमजुङ
