समाचारआइतबार, माघ १८, २०७१
उच्च शिक्षा परिषदको कार्यालय तोडफोड
संयुक्त विद्यार्थी संगठनले डडेल्धुरास्थित उच्च शिक्षा परिषद्को कार्यालयमा तोडफोड गरेका छन् । बिना प्रतिस्पर्धा कर्मचारी भर्ना गरिएको भन्दै विभिन्न विद्यार्थी संगठनले १८ माघमा उच्च शिक्षा परिषद् डडेल्धुराको कार्यालयमा तोडफोड गरेका हुन् ।
उनीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् । उच्च शिक्षा परिषदले डडेल्धुरामा खोलेको कार्यालयमा बिना प्रतिस्पर्धा १२ कर्मचारी भर्ना गरिएकोबारे पटकपटक बिरोध गर्दा पनि बेवास्ता भएकाले तालाबन्दी गरेको विद्यार्थीको भनाइ छ ।
उनीहरुले उच्च शिक्षा परिषद् डडेल्धुराको कार्यालयका प्रमुख महेन्द्र पाण्डेयको कार्यकक्षमा तालाबन्दी गर्दै तोडफोड गरेका छन् ।
तालाबन्दी गर्नेमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैंटौं, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन लगायत छन् ।
कर्मचारी भर्ना प्रक्रिया खारेज नगरेसम्म तालाबन्दी नखोल्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज धिक्तले बताए ।
छत्र साउद, डडेल्धुरा

