समाचारआइतबार, माघ १८, २०७१

प्रस्ताव समितिको कार्यविधि पारित

हिमालखबर

प्रस्ताव समितिको कार्यविधि पारितसंविधानसभाबाट गठित प्रस्ताव निर्माण समितिको कार्यविधि पारित भएको छ । सिंहदरबारमा १८ माघमा बसेको समितिको बैठकले कार्यविधि पारित गरेको हो ।

संविधानका अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली तयार पार्न गठित समितिले १९ माघदेखि प्रश्नावली निर्माणको काम थाल्ने भएको छ । प्रश्नावलीको निर्माणका लागि छलफल थालिने समितिका एक सदस्यले बताए ।

बैठकपछि समितिका सदस्य गगन थापाले अधिकतम लचक भएर प्रश्नावली तयार गरिने बताए ।

समितिको गठनको बिरोधमा एमाओवादी सहितका १८ दल समितिमा सहभागी छैनन् भने राप्रपा नेपालले पनि १८ माघबाट समिति बहिष्कार गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>