समाचारआइतबार, माघ १८, २०७१

आन्दोलनसँगै संवादको ढोका खुल्लाः मधेसी मोर्चा

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सद्भावना पार्टीको कार्यालयमा १८ माघमा बसेको मोर्चाको बैठकले आन्दोलनलाई सफल बनाउन सबै नेता कार्यकर्तालाई जिल्लामा खटाउने निर्णय गरेको छ ।

मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धनद्वारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने र त्यसको तयारीका लागि नेतालाई जिल्लामा पठाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, “मोर्चामा कुनै विवाद छैन, जहाँसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षजीसँग जोडिएको कुरा छ, त्यो उहाँको व्यक्तिगत धारणा हो, जुन उहाँले बैठकमा प्रष्ट पार्दै व्यक्तिगत धारणाबाट आत्तिनुपर्दैन भन्नुभएको छ ।”

आन्दोलनसँगै वार्ता र संवादको ढोका बन्द नगर्ने, त्यसका लागि नेपाली काँग्रेस र नेकपा एमालेले सहमतिको वातावरण बनाउनुपर्नेमा मोर्चाले जोड दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>