समाचारसोमबार, माघ १९, २०७१
प्रश्नावली बनाउन उपसमिति गठन
संविधानका अन्तर्वस्तुमा देखिएका असहमतिलाई प्रश्नावली बनाउने काम शुरु भएको छ । प्रश्नावली बनाउन गठित ‘प्रस्ताव निर्माण समिति’ को १९ माघमा बसेको बैठकले नौ सदस्यीय प्रश्नावली उपसमिति बनाएको छ ।
नेकपा एमाले मुख्य सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित उपसमितिको सदस्यमा रमेश लेखक, राधेश्याम अधिकारी, उषा गुरुङ, कृष्णभक्त पोखरेल, श्रीमाया थकाली, सीपी मैनाली, कुमार खड्का, अतहर कमाल मुसलमान छन् ।
उपसमितिले प्रश्नावलीसहितको मस्यौदा २० माघमा समितिमा पेश गर्नेछ । समितिको कार्यविधि अनुसार गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बाहेकका विवादित विषयमा प्रश्नावली बनाउने छ ।
