समाचारसोमबार, माघ १९, २०७१
संविधानसभाबाट बाहिरिने राप्रपा नेपालको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा संविधानसभामा मतदान नभए संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ । राप्रपा नेपालले १९ माघमा संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले उठाउँदै आएको विषयमा मतदान नगर्ने भए संविधान निर्माण प्रक्रियाबाट बाहिरिने चेतावनी दिएको हो ।
अध्यक्ष कमल थापाले भने, “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा मतदान नगर्ने निर्णय नसच्याए संविधान निर्माण प्रक्रियाबाट बाहिरिन्छौं ।”
उनले आफ्ना मुद्दा संबोधन नगरिने भए सडक आन्दोलनमा उत्रिने पनि चेतावनी दिए । आफूहरुको मुद्दामा मतदान गर्न नदिने निर्णय सच्याउन सत्तापक्षसँग राप्रपा नेपालले आग्रह पनि गरेको छ ।
