समाचारमंगलबार, माघ २०, २०७१
कम्प्युटर प्रणालीबाट नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय जुम्लाले कम्प्युटर प्रणालीबाट नागरिकता वितरण कार्य थालनी गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी चेतनकुमार खत्रीले चौबिसै घन्टा विद्युत् आपूर्ति हुने गरी लाइन जडान गरिएको र कार्यालयबाट सम्पादन हुने अन्य काम पनि प्रविधिको उच्चतम उपयोग गर्दै सेवा प्रदान गर्ने बताएका छन् ।
उनले अन्य कार्यालयलाई पनि समयसापेक्ष सर्वसुलभ सेवा दिन सुझाएको बताए । कम्प्युटर प्रणालीबाट वितरण गरिने नागरिकता त्रुटिरहित र शुद्ध हुने सेवाग्राहीले अपेक्षा राखेका छन् ।
