समाचारशनिबार, कार्तिक ४, २०६९
सत्तारूढ मोर्चा लचिलो बन्ने
४ कार्तिक बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा गठबन्धनका संयोजक पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापना गर्ने विषय छलफलका लागि प्रस्ताव गरेका थिए । उनले पुनस्थापनाको प्रस्ताव राखे पनि चुनावको विकल्प पनि खुला गर्ने र यस विषयमा थप निर्णय १५ कार्तिकमा फेरि बस्ने गठबन्धनको बैठकले टुङ्गो लगाउने सहमति भएको नेताहरूले बताएका छन् ।
बैठकले दशैंको बेला पनि सहमतिको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ ।
राजनीतिक निकासका लागि दलहरूबीच छलफल र निर्णय गर्ने सबै जिम्मेवारी गठबन्धनको तर्फबाट संयोजक दाहाललाई दिने पनि गठबन्धनले निर्णय गरेको छ ।
