समाचारमंगलबार, माघ २०, २०७१

एमाओवादी नआए पनि संविधान आउँछः ओली

हिमालखबर

एमाओवादी नआए पनि संविधान आउँछः ओलीनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी लगायतका दल प्रक्रियामा नआए पनि नयाँ संविधान बन्ने बताएका छन् । प्रगतिशील प्राध्यापक सङ्गठनको नयाँ कार्यसमितिको पद हस्तान्तरणका अवसरमा २० माघमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणका लागि आफ्नो पार्टीले अग्रभागमा रहेर भूमिका खेलिरहेको बताए ।

उनले भने, “प्रक्रिया अघि बढिसकेको छ, अब मुलुकले लोकतान्त्रिक संविधान पाउनेछ, एमालेले त्यसको अगुवाइ गर्नेछ ।”

राष्ट्रिय एकता, मुलुकको समृद्धि, दीगो शान्ति, जातीय सदभाव र सामाजिक रुपान्तरणका आधारमा नयाँ संविधान आउने ओलीको भनाइ छ ।

उनले जातीय पहिचानको राज्य पुनःसंरचना मुलुकका लागि आवश्यक छैन भनेर सामाजिक चेतना फैलाउन प्राध्यापक र बुद्धिजीवीसँग आग्रह गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>