समाचारबुधबार, माघ २१, २०७१
ब्याङ्कबाट निकालेको १८ लाख लुटपाट
राजधानीको बानेश्वरस्थित ग्लोबल आईएमई ब्याङ्बाट निकालेको पैसा लुटपाट भएको छ । मध्यबानेश्वरस्थित ग्लोबल आईएमई ब्याङ्बाट २१ माघमा एक महिलाले निकालेको रु.१८ लाख ब्याङ्क परिसरबाटै लुटपाट भएको हो ।
कलंकी बस्ने सरस्वती आचार्यले ब्याङ्कबाट पैसा निकालेर निस्कदै गर्दा दुई जना लुटेराले पैसा लुटेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको बताएको छ ।
