समाचारशुक्रबार, माघ २३, २०७१
संविधानसभामा जारी प्रक्रिया नरोक्ने कांग्रेस–एमाले निर्णय
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभामा जारी प्रश्नावली निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २३ माघमा बसेको बैठकले संविधानसभामा चलिरहेको प्रक्रियामा सहभागी हुन एमाओवादी नेतृत्वको मोर्चालाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रक्रिया नरोक्ने तर सहमतिको प्रयास जारी राख्ने निर्णय भएको बताए ।
कांग्रेस नेता पूर्णबहादुर खड्काले भने संविधानका अन्तर्वस्तुमा अधिकतम लचकता अपनाउने निर्णय भएको बताए ।
