समाचारशुक्रबार, माघ २३, २०७१

कांग्रेस–एमाले सहमतिबाट डराएः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका केही नेता नै सहमतिबाट डराएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा २३ माघमा पत्रकारसँग कुराकानी गर्दै उनले सत्तारुढ दलबाटै सहमतिमै संविधान बनाउने प्रतिवद्धता आए मात्र वार्ता हुनसक्ने बताए ।

उनले भने, “ऐतिहासिक शान्ति सम्झौता र अन्य सहमतिको मूल भावनाका साथ सहमतिमै संविधान बनाउने प्रतिबद्धता सत्ताधारी राजनीतिक दलबाट प्रकट भएको अवस्थामा मात्रै वार्ता हुनसक्छ ।”

उनले कांग्रेस–एमालेकै नेताले सहमति हुनैलाग्दा प्रक्रियामै जाने भनेर सहमतिलाई धकेल्ने काम गरेको आरोप लगाए । शासकीय स्वरुपका विषयमा विवाद नरहेको र सङ्घीय राज्यको विषयमा पनि ६ देखि ९ प्रदेशको संख्यामा छलफल गर्न तयार रहेका बेलामा सहमति हुने सम्भावना देखेपछि कांग्रेस र एमालेकै नेताले प्रक्रियामा जाने भनेर सहमतिलाई धकेल्ने प्रयास गरेको उनको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>