समाचारशनिबार, माघ २४, २०७१

घुस लिँदालिँदै प्रहरी पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्जमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) घुस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरले जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) सुमन खरेललाई २३ माघ साँझ रु २५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

नेपालगञ्ज धम्बोझिस्थित क्रसरोड रेष्टुरेन्टमा एक सेवाग्राहीबाट मुद्दा मिलाईदिन्छु भन्दै खरेलले घुस लिएको अख्तियार सम्पर्क कार्यालय कोहलपुरका प्रमुख बसन्तराज कुँवरले बताए ।

बाँकेको जमुनाहा प्रहरी चौकीमा दरबन्दी भएका खरेल घुमुवा प्रहरी हुन् । पक्राउ परेका खरेललाई कोहलपुर ल्याउन खोज्दा प्रहरीको क्षेत्रीय अनुसन्धान व्यूरो सिआइबी र अन्य घुमुवा प्रहरीले अख्तियारको टोलीलाई चारैतिरबाट घेरा हालेर अवरोध गरेको प्रमुख कुँवरले बताए ।

प्रहरीको अवरोधपछि अख्तियारले खरेललाई पक्राउ गरेको तीन घण्टापछि मात्रै पूर्ण नियन्त्रणमा लिई कोहलपुर ल्याउन सफल भएको थियो ।
केशव राना,कोहलपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>