समाचारआइतबार, कार्तिक ५, २०६९
निर्वाचन बाहेक अन्य विकल्प छैनः कोइराला
दशैं मनाउन गृहनगर नेपालगञ्ज पुगेका कोइरालाले ५ कार्तिकमा भने, “जनमत नयाँ निर्वाचनको पक्षमा भएकोले संविधानसभाको पुनस्थापना भन्नु व्यर्थ हो ।”
कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उनले जनताले नयाँ निर्वाचन चाहेकाले प्रमुख दलहरूबीच नयँ निर्वाचनमा जाने सहमति भइसकेको समेत दाबी गरे । कोइरालाले संविधानसभा पुनःस्थापनाका लागि कांग्रेस कुनै हालतमा पनि तयार नहुने भन्दै माओवादीको बहकाउमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
