समाचारआइतबार, माघ २५, २०७१

एमाले स्थायी कमिटी बैठक: सहमति र वार्तामा जोड

हिमालखबर

CPN-UML-Flagनेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रतिपक्षी दललाई सहमति, सहकार्य र वार्तामा ल्याई संविधान लेखनमा सहभागी गराउन पुनः जोड दिएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा २५ माघमा बसेको बैठकमा एमाओवादी) र मधेशी मोर्चालाई सहमतिमा ल्याउन प्रयत्न जारी राख्नुपर्ने र जनमतको सम्मान गर्न जतिसक्दो छिटो सहमतिका साथ संविधान निर्माण गर्नुपर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

बैठकमा एमाओवादी र मोर्चालाई सहमतिमा ल्याउन पार्टी लचिलो भएर सहभागी हुनुपर्ने र जसरी पनि राष्ट्रिय राजनीतिलाई मिलाएर संविधान लेखनका विषयमा सहमति जुटाउनुपर्नेमा धेरै स्थायी कमिटी सदस्यहरुले मन्तव्य व्यक्त गरेको उनले बताइन् ।

जतिसक्दो चाँडो संविधान बनोस् भन्ने जनताको चाहना रहेकाले एमाओवादीलगायत आन्दोलनरत पक्षले मुलुकमा अशान्ति र आन्दोलन गरेर अघि बढ्नु सही नभएको बैठकको ठहर गरेको छ ।

पार्टीको कार्य विभाजनका विषयमा पनि छलफल गरिने भनिए पनि राष्ट्रिय राजनीतिका विषयमा छलफल जारी रहेकाले र आगामी बैठकमा कार्यविभाजनलगायतका विषयमा छलफल गरिने पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
अर्को बैठक आगामी फागुन ३ गते बस्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>