समाचारआइतबार, कार्तिक ५, २०६९

दशैंभरमै सहमति खोजिने दाहालको दाबी

हिमालखबर

सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहालले ५ कार्तिकमा सिन्धुपाल्चोकको कुभिण्डेमा अगुवा कार्यकतासँगको भेटमा दाहालले जारी राजनीतिक गतिरोध चिर्न आफ्नो पार्टी र आफूले पहलकदमी लिने बताए । उनले भने, “सकेसम्म दशैंभरि नै एउटा सहमतिको खाका कोरिन्छ, नभए दशैपछि सहमति पक्का हुन्छ ।”

पार्टीका शहीद र बेपत्ता परिवारसँग पनि भेट गरेका उनले अझै क्रान्ति पुरा नभएको भन्दै शहीदको रगत त्यसै खेर जान नदिने पनि बताए ।

आराम गर्न ४ कार्तिक साँझ सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा गएका अध्यक्ष दाहाल ५ कार्तिकमा काठमाडौं फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>