समाचारसोमबार, माघ २६, २०७१
आन्दोलन जारी राख्छौंः तीस दलीय मोर्चा
एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले सहमतिका आधारमा संविधान निर्माण गर्ने वार्ताको विश्वसनीय वातावरण नबन्दासम्म घोषित आन्दोलन जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि गरेको आह्वानले वार्ताका लागि विश्वसनीय वातावरण बनाउन नसकेको ठहर गर्दै मोर्चाले घोषित आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
सिंहदरबारमा २६ माघमा बसेको मोर्चाको बैठकले विश्वसनीय वातावरण निर्माणका लागि पुनः आग्रह गर्ने निर्णय गरेको छ । तर, बैठकले प्रधानमन्त्रीले पठाएको पत्रलाई सकारात्मक रहेको निष्कर्ष निकालेको मोर्चाले जनाएको छ ।

