समाचारमंगलबार, माघ २७, २०७१

सहमति बिनाकाे संविधान कागजकाे खाेस्टाे: भट्टराई

हिमालखबर

एमाअाेवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सत्तारुढ दलले प्रक्रिया रोकेर वार्ताको वातावरण नबनाएसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।

विद्राेह पुन: थाल्ने भन्दै पश्चिम हाँकिएका भट्टराईले डडेल्धुरामा पत्रकार सम्मेलनमा बोल्दै सहमतिको वातावरण सत्तापक्षले भाँडेको आरोप लगाए ।

नयाँ राजनीतिक मूलधार सिर्जना गर्न शान्ति प्रक्रियामा आएको एमाओवादीले प्रगतिशील संविधान बनाउन चाहेको उनकाे दाबी थियो ।

भट्टराईले सहमति बिना अाउने संविधान कागजको खोस्टो हुने भएकाले आफूहरु सहमत नहुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>