समाचारमंगलबार, माघ २७, २०७१
सार्वजनिक यातायातको भाडा घट्यो
सरकारले सार्वजनिक यातायातका साधनको भाडा घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाडौं उपत्यका र तराईका जिल्लामा बसमा २.३ प्रतिशत भाडा घटाइएको छ भने पहाडी जिल्लामा ४.३७ प्रतिशत भाडा घटाइएको छ ।
त्यस्तै ट्याक्सीमा १.६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५.२८ प्रतिशत भाडा घटाइएको छ ।
व्यवस्थापिका-संसदको विकास समितिले सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
