समाचारमंगलबार, माघ २७, २०७१

ल्यारक्याल विज्ञ व्यक्तित्व: एमाओवादी

हिमालखबर

विवादास्पद छवीका ल्यारक्याल लामालाई सभासद बनाएकोमा आलोचना हुन थालेपछि एमाओवादीले उनलाई विज्ञकारुपमा संविधानसभामा ल्याएको बताएको छ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माद्वार २७ माघमा जारी विज्ञप्तीमा ल्यारकालको नियुक्तिप्रति अनावश्यक टिप्पणी नगर्न आग्रह गरिएको छ ।

“दोस्रो संविधानसभाको समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समूदायको तर्फबाट एक विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफारिस गरेको हो,” विज्ञप्तीमा भनिएको छ, “त्यसैले पार्टीको तर्फबाट संविधानसभाको समानुपातिक तर्फको रिक्त पदमा भएको सिफारिसप्रति अनावश्यक टिकाटिप्पणी भएकोमा भ्रमित नहुन अनुरोध गरिन्छ ।”

एमाओवादीले अर्थराज्यमन्त्री भएकैबेला लामाले पासपोर्ट विवादमा सफाइ पाएको उल्लेख गरेको छ ।

ल्यारक्याललाई एमाओवादीको सिफारिसमा निर्वाचन आयोगले २५ माघमा सभासद् निर्वाचित गरेको थियो ।

लामा दोहोरो नागरिकता, राहदानीलगायतका विवादमा छन् लामा ।

पहिले कांग्रेस त्यसपछि एमाले बनेका ल्यारक्याल दोस्रो संविधानसभामा समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दिन एमाओवादी प्रवेश गरेका थिए ।

dinanath-press-relese

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>