समाचारमंगलबार, माघ २७, २०७१

‘मधेशी दलित कोटा ल्यारक्याललाई बेचियो’

हिमालखबर

एमाओवादीका नेता प्रभु साहले पार्टीले मधेशी दलितको कोटा खोसेर मालदार व्यक्तिलाई बेचेको आरोप लगाएका छन् ।

२७ माघमा सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै साहले पार्टी नेतृत्वले केन्द्रीय सदस्यहरुको किर्ते हस्ताक्षर गरी ल्यारक्याल लामालाई सभासद् पद बेचेको आरोप लगाएका छन् ।

उनले पत्रकार सम्मेलन गर्दै भने, ‘‘केन्द्रिय कमिटीबाट निर्णय गराउनु त के सामान्य छलफल समेत भएको थिएन ।’’

साहले भने, ‘‘यो घटनाले मधेश र दलितको उपहास भएको छ, आन्दोलनको नेतृत्व गरिरहेको पार्टीबाट भएको यस्तो कार्यले आन्दोलन प्रभावित हुन सक्छ ।’’ साहले लामालाई सभासद् सिफारिस चरम लापबाही, अविश्वास एवम् भद्दा छलछाम भनेका छन् ।

एमाओवादीले २५ माघमा लामालाई शम्भु पासवानलाई संविधानसभा अदालतले अयोग्य ठर्‍याएपछि रिक्त पदमा सभासद् सिफारिस गरेको थियो ।

साहले विरोध जनाएलगत्तै एमाओवादी केन्द्रिय कार्यालयले लामालाई विज्ञका हिसाबले सभासद् बनाएको जनाएको छ ।

bigyapti

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>